विद्यालय शिक्षा विधेयक एमालेका कारण रोकियो : प्रचण्ड

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda-2082-04-22.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विशेषगरी एमालेका अध्यक्ष केपी शर्मा ओली विधेयकको विरुद्धमा रहेकाले यसलाई सदनमा पेश गर्न ढिलाइ भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमा दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली नै त्यसको विरुद्ध गएकाले ढिलाइ भएको हो।’

आफूहरू शिक्षक र विद्यार्थीको पक्षमा बोल्दा ओलीले शिक्षकहरूलाई सुविधा दिन नहुने भन्दै गालीगलौज गरेको प्रचण्डको भनाइ छ । 

उनले एमाले सार्वजनिक शिक्षा सुधारको पक्षमा नभई निजीकरणतिर लागेको आरोप पनि लगाए । असार १५ गते नै पारित गर्ने भनिएको विधेयक सरकारकै कारण रोकिएको उनी बताउँछन् ।


Facebook Comments