निलम्बित नेताहरूको पद पुनर्बहाली गराएरै छाड्छौँ : महामन्त्री राणा

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Dhabal-Shamsher-JBR-Photo-NAN.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाले आफूहरूको असन्तुष्टि पार्टी विभाजनका लागि नभएको बताएका छन् । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत गरेका निर्णयहरूलाई सच्याउन मात्र खोजिएको स्पष्ट पारे ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘हामी विभाजनको संघारमा छैनौँ। पार्टीभित्रको मतभेद आन्तरिक रूपमा समाधान गर्न नसकेपछि मात्र निर्वाचन आयोगसम्म पुगेका हौँ ।’

उनले पार्टीलाई एकलौटी ढंगले चलाउन खोजिएको र केही नेताहरूलाई बिना स्पष्टीकरण कारबाही गरिएको भन्दै असन्तुष्टि जनाए । राणाले पार्टीले निलम्बन गरेका नेताहरूको पद पुनर्वहाली गराउने दाबीसमेत गरे । 

यसअघि, अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी लगायतका नेताहरूलाई पदमुक्त गरेका थिए, जसको विरोधमा राणासहितका नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।


Facebook Comments