खाडी लैजान भारत पुर्‍याइएका ४० महिलाको दिल्लीबाट उद्धार

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/uddhar-india-1024x650.jpg

काठमाडौं । विदेशमा काम लगाइदिने प्रलोभनमा गैरकानुनी रूपमा भारतको दिल्ली पुर्याइएका ४० जना नेपालीको उद्धार गरिएको छ ।

उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी, ओमान र दुबईलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ नामक संस्थाले उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएका ती नेपालीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।


Facebook Comments