यो वर्ष आयात भन्दा साढे ४ अर्ब बढीको विद्युत निर्यात गर्न सफल भएका छौं: प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | २०८२ साउन २४ गते ११:४२
Image of https://mayorsap.com/storage/photos/10/kp oli 012.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष आयात भन्दा साढे ४ अर्ब बढीको विद्युत निर्यात गर्न नेपाल सफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपालले यो वर्ष आयात भन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात गर्न सफल भएको बताएका हुन् । 

उनले विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाएको समेत उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौं। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्ब फाइदा (आयात भन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्न सफलता पाएका छौं।


Facebook Comments