Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

छोरा भेट्न हेटौंडा जाँदै गरेको दम्पती चढेको गाडी दुर्घटनाः पत्नीको मृ*त्यु, पति घाइते

User Image मेयरसाप डेस्क | २०८२ साउन २३ गते १०:०७
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

काठमाडौं । रामेछापमा आज बिहान गाडी दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन् । रामेछापबाट हेटौंडा जाँदै गरेको डबलक्याप स्कारपियो जिप मन्थली नगरपालिका–६ भलुवाजोरस्थित तामाकोसी किनारको बोक्से पहरामा आइतबार बिहान पाँच बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा मन्थली नगरपालिका–१ की ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । राधाका पति ५० वर्षीय उत्तम चौहान गम्भीर घाइते भएका छन्। सडकबाट खसेको गाडी भिरमा अड्किँदा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।  

घाइते चौहानलाई उपचारको लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। चौहान गाडीबाट उछिट्टिएको कारण श्रीमतीसँगै तल खस्नबाट जोगिएको अनुमान प्रहरीले गरेको छ। मृतक राधा स्वास्थ्यकर्मी हुन् । प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए ।


Facebook Comments