तनहुँ प्रशासनद्वारा एक वर्षमा डेढ लाखभन्दा बढीलाई सेवा प्रदान

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/office.jpg

तनहुँ । जिल्ला प्रशासन कार्यालय, तनहुँले गत आर्थिक वर्ष २०८१\८२ मा १ लाख ४७ हजार ८३१ जनालाई सेवा प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता लगायतका सेवाग्राहीको संख्या उल्लेख्य रहेको छ ।

कार्यालयले सो अवधिमा १७ हजार ९०७ जनालाई नागरिकता वितरण गरेको छ । जसमा ८ हजार ७१८ नयाँ र ९ हजार १५१ प्रतिलिपि रहेका छन् ।

नयाँ नागरिकतातर्फ ८ हजार ६७६ वंशजको आधारमा र १० वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको छ ।

यसैबीच, सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेको र ३ महिलाको नागरिकता रद्द गरिएको पनि प्रजिअ अधिकारीले जानकारी दिए ।

सेवाग्राहीको बढ्दो चापका कारण जिल्लामा इलाका प्रशासन कार्यालयको आवश्यकता रहेको उनले औंल्याए ।

कार्यालयले ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र र २५ हजार ९१८ राहदानी लगायतका सेवा पनि प्रदान गरेको छ ।


Facebook Comments