रामेछापमा गाडी दु*र्घटनाबाट श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

रामेछाप । रामेछापको मन्थलीबाट हेटौँडा जाँदै गरेको पिकअप स्कारपियो गाडी दुर्घटना हुँदा ४० वर्षीया स्वास्थ्यकर्मी राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार, मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा गाडी सडकबाट करिब १०० मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो ।

दुर्घटनामा गाडीका चालक तथा राधाका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । उनलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

राधा र उत्तम आफ्ना छोरालाई भेट्न हेटौँडा जाँदै गरेको बताइएको छ ।


Facebook Comments