आरोप–प्रत्यारोपमा उत्रिएका माधव र झलनाथबीच एक घण्टा वार्ता

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Madhav-jhalanath-khanal1649743496.jpg

काठमाडौं । एकअर्कालाई पार्टी छोड्ने सुझाव दिँदै सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एक घण्टा लामो संवाद भएको छ ।

पार्टीका दोस्रो तहका नेताहरूको पहलमा शनिबार आलोकनगरस्थित पार्टी कार्यालयमा यो भेट भएको हो । भेटमा दुवै नेताले आ–आफ्नो भनाइको स्पष्टीकरण दिएका थिए ।

खनालले विद्रोहको औचित्य पुष्टि गर्न गम्भीर कदम चाल्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्याउँदै अध्यक्षले ‘विद्रोह पुष्टि गर्न नसकिएको भन्नेलाई पार्टीबाट बिदा गर्ने’ भनेकोमा आपत्ति जनाएका थिए ।

अध्यक्ष नेपालले भने आफ्नो भनाइको आशय ‘पार्टी छोडेर हिँड्नु’ नभएको बताएका थिए । तर खनालले नेपाललाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । खनालले पतञ्जली जग्गा प्रकरणमा अदालतमा मुद्दा चलिरहेकाले कसैलाई कार्यवाहक दिनुपर्ने तर्क पनि गरेका थिए ।

छलफलमा खनाल आफ्नो अडानमा कायमै रहेपछि कुनै ठोस निष्कर्ष निस्कन नसकेको माधव निकट नेताहरू बताउँछन् । माधवले आफ्नो पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भन्दै बैठक टुंग्याएका थिए ।


Facebook Comments