रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवारका आकांक्षीसँग छलफल गर्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग आज (आइतबार) छलफल गर्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने यस छलफलमा उम्मेदवारका आकांक्षीहरूसँग कुराकानी गरिनेछ ।
प्रवक्ता मनिष झाका अनुसार, सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले छलफलको सहजीकरण गर्नेछन् भने केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले ‘अब्जर्भेसन’ गर्नेछन् ।
छलफल सकिएपछि दिउँसो ४ बजे आकांक्षीसहित पत्रकार भेटघाट कार्यक्रम पनि गरिने झा ले जानकारी दिए । रास्वपाले साउन २३ गते यी ९ जना आवेदकको सूची सार्वजनिक गरेको थियो ।
Facebook Comments