अवैध भारतीय माछा भित्रिएपछि कैलालीका किसान मर्कामा

.jpg)
कैलाली । खुला सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिएपछि कैलालीका माछापालक किसानहरू मर्कामा परेका छन् । स्थानीयस्तरमा उत्पादित माछाले उचित मूल्य पाउन नसक्दा उनीहरू समस्यामा परेका हुन् ।
कैलारी गाउँपालिकाका कृषक सनोज चौधरीका अनुसार, भारतीय माछा सस्तो हुने भएकाले उनीहरूले उत्पादन गरेका माछाले प्रतिस्पर्धी मूल्य पाउन सकेका छैनन् ।
यहाँ उत्पादित माछा थोकमा प्रति किलो २५० र खुद्रामा ३०० रुपैयाँमा बिक्री हुने भए पनि भारतबाट आएका माछा थोकमा २२० र खुद्रामा २८० रुपैयाँमा बिक्री हुन्छ ।
धनगढी उपमहानगरपालिकाका माछापालक नरेश शाहले पनि अवैध माछा आयातले बिक्री दर बढाउन नसकेको गुनासो गरे ।
उनीहरूले अवैध माछाको आयात रोक्न सीमा नाकामा कडाइ गर्नुपर्ने माग गरेका छन् । किसानहरूले अहिले कमन कार्प, ग्रास, रहु र पङ्गासेस जातका माछा पालन गर्दै आएका छन् ।
Facebook Comments