नेता श्रेष्ठ र यादवबीच भेट, उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिकाबारे छलफल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shrestha, yadav.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

सोमवार भएको भेटवार्तामा लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीचको सहकार्य सम्बन्धमा छलफल भएको छ ।

नेता श्रेष्ठको निवास हात्तीवनमा आज भएको छलफलमा उनीहरुबीच सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिको भूमिकाबारे विचारविमर्श भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।


Facebook Comments