टेक्सास गोलीकाण्डमा एकै परिवारका ३ नेपालीभाषी भुटानी शरणार्थीको मृ*त्यु

एजेन्सी। अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु भएको छ । शनिवार बिहान टेक्सासको डल्लासमा रहेको एक अपार्टमेन्टमा भएको गोलीकाण्डमा एक बालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५३ वर्षीय ललित प्रधान, ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिश रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गम्भीर घाइते अवस्थामा भेटिएका ललितको उपचारको क्रममा मृत्यु भएको हो भने रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका गएका थिए ।
Facebook Comments