Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सभापति देउवाद्वारा सहिद खनालको सालिक अनावरण

User Image मेयरसाप डेस्क | २०८२ साउन २५ गते १५:२७
Image of https://mayorsap.com/storage/photos/10/sher-bahadur-deuba.jpg

तनहुँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गरेका छन् । 

सहिद कल्याण खनालको २३औँ स्मृतिसभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गरेका हुन् । 

नेपाली कांग्रेसका तत्कालीन नेता स्व खनालको विसं २०५९ साउन २७ गते तत्कालीन विद्रोही समूहले हत्या गरेका थिए । स्व खनालको योगदानको सम्झनाका लागि यहाँ सालिक निर्माण गरिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । 


Facebook Comments