Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भेटिएनन् महाकालीमा बेपत्ता बालिका

User Image मेयरसाप डेस्क | २०८२ साउन २५ गते १५:३०
Image of https://mayorsap.com/storage/photos/10/death.jpg

कञ्चनपुर । महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ ।

आइतवार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

आइतवारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास गरे पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेको हो । “नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन”, उनले भने, “आज तेस्रो दिन पनि महाकाली नदीमा खोजीकार्य जारी छ ।”

उनका अनुसार महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त–११ का मुकेश पन्तकी ६ वर्षीया छोरी सानवी र सोही ठाउँका पदमराज पन्तकी ८ वर्षीया छोरी जीविका पन्त महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।  


Facebook Comments