बागमतीका मुख्यमन्त्री ईन्द्र बानियाले पाए विश्वासको मत

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/indra-baniya-1.jpg

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । उनले मंगलबार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँँले आज सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

यता निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर सांसदले पनि बानियाँलाई विश्वासको मत दिएका छन् ।   मुख्यमन्त्री बानियाँको विश्वासको विपक्षमा २२ मत प्राप्त भएको थियो भने ७  सांसद तथस्ट बसे। ११० सदस्यीय प्रदेश सभामा आजको बैठकमा भने ९२ सांसद उपस्थित थिए। 
   
 


Facebook Comments