तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा संसद्मा जानकारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणका मुख्य उपलब्धिबारे जानकारी दिए ।
प्रधानमन्त्री ओली गत साउन १८ गते भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएका थिए । नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको उक्त सम्मेलन साउन २० देखि २३ गतेसम्म अवाजा सहरमा सम्पन्न भएको थियो ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए । साथै, उनले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए ।
Facebook Comments