Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ज्यान मा*र्ने उद्योगमा अनुसन्धान गर्न चक्रे मिलनलाई भक्तपुर लगियो

User Image मेयरसाप डेस्क | २०८२ साउन २५ गते १९:४८
Image of https://mayorsap.com/storage/photos/10/chakre-milan.jpg

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट ३० हजार धरौटीमा छुटेका गुण्डा नाइके चक्रे मिलनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिएको छ । बुधबार मात्रै जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले अभद्र व्यवहार सम्बन्धी कसुरमा चक्रेसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।  लगत्तै उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिएको हो । 

यो घटना १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीको बड्डाको तावा रेष्टुरेन्टमा भएको हो। काका दिनेशकुमार रायमाझीले आफ्ना भतिज मनिष रायमाझीमाथि आक्रमण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीमा सर्लाहीको हरिवन नगरपालिका–४ निवासी २५ वर्षीय अजित खवाससहितका व्यक्तिको संलग्नता उल्लेख थियो, जसमा चक्रेको नाम पनि थियो।

उजुरीपछि खवास पक्राउ परे पनि चक्रेको पहिचान स्पष्ट नभएकाले त्यतिबेला उनलाई प्रतिवादी बनाइएको थिएन। घटनामा रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरी घाइते बनाइएको थियो।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जनालाई पक्राउ गरिएको थियो, जसमा २८ जनालाई पछि रिहा गरिएको थियो। प्रहरीले मध्यरातमा महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन पार्टीको नाममा होहल्ला मच्चाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। 


Facebook Comments