जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janata samajwadfi yakata.jpg
तस्बिर: अनलाइनखबर

काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यसलाई ‘एकता उन्मुख’ कार्यगत एकता भनिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एक सम्झौतापत्रमा हस्ताक्षर गरी एकताको घोषणा गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भई राईले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए । यस्तै, राजेन्द्र महतो पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए ।

राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाका अनुसार, दुवै पार्टीले पूर्ण एकताको लक्ष्य राखेर तत्कालका लागि कार्यगत एकता गरेका हुन् । यो एकतालाई दुवै पक्षका नेताहरूले सकारात्मक कदमका रूपमा लिएका छन् ।


Facebook Comments