Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भ्रष्टाचार मुद्दामा बागमतीका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवाना

User Image मेयरसाप डेस्क | २०८२ साउन २६ गते १९:४६
Image of https://mayorsap.com/storage/photos/10/bharat thapa1.jpg

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई सजाय सुनाएको हो। उनीहरूलाई जनही ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो ।

यस्तै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला भएको छ । प्रतिवादीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर भएको हो। विशेष अदालतले साउन २१ गते नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गरेकोमा आज सजाय निर्धारण गरेको हो। 

 


Facebook Comments