Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

खाली पेटमा सौंफको पानी पिउनुहोस्, हुने छ फाइदै फाइदा

User Image मेयरसाप डेस्क | २०८२ साउन २७ गते ०८:०७
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news878140..jpg

काठमाडौं । आजको समयमा स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ। यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ।

पाचन प्रकियामा प्रभावकारी

पेटको ग्याँस, ब्लोटिंग, एसिडिटी र कब्जियतजस्ता समस्यालाई हटाउन सौंफले फाइदा गर्छ। बिहान खाएपछि चपाएर वा यसको पानी पिउनाले पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरलाई डिटक्सिफिकेसन बनाउँछ।

महिलाहरुको लागि लाभदायक

महिलाको स्वास्थ्यका लागि पनि सौंफ लाभदायक हुन्छ । सुस्तेकरी महिलाको स्तनमा दूध बढाउन, महिनावारीको दुखाइ कम गर्न र हार्मोन सन्तुलन कायम राख्न मद्दत गर्छ। आयुर्वेदमा यसलाई त्रिदोषिक जडिबुटी भनिन्छ, जुन शरीर र मानसिक स्वास्थ्य दुवैको लागि राम्रो हुन्छ।

तौल घटाउनमा सहयोगी
आयुर्वेदका अनुसार, सौंफले मेटाबोलिज्मलाई गति दिन्छ, भोक नियन्त्रण गर्छ र पेट फुल्ने समस्यालाई कम गर्छ। 

आधुनिक विज्ञानको दृष्टिकोण
वैज्ञानिक अध्ययनका अनुसार सौंफमा पाइने एन्टिअक्सिडेन्टले शरीरको अक्सिडेटिभ तनावलाई कम गर्छ, जसले गर्दा कोशिकाहरूलाई हुने क्षतिलाई रोक्छ। यसले मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम पनि कम गर्छ। यसको अतिरिक्त यो इर्रेगुलर बाउल सिंड्रोमबाट राहत प्रदान गर्न पनि उपयोगी छ।

 

सौफको पानी बनाउने सजिलो तरिकाः

–राती एक वा दुई चम्चा सौंफ पानीमा भिजाएर बिहान पिउनुहोस् ।
–सौंफलाई हल्का पिस्नुहोस् र दुई कप पानीमा उमाल्नु होस् र जब आधा घट्यो, छान्नुहोस् र तातो पिउनुहोस्।

बिहान खाली पेटमा सौंफको पानी पिउनु सबैभन्दा लाभदायक मानिन्छ किनकि यसले हाइड्रेशन बढाउँछ, पाचन आगोलाई तीव्र बनाउँछ र विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ।

सावधानीः
गर्भावस्था, हर्मोनल असन्तुलन, एपिलेप्सी र रगत पातलो पार्ने औषधिको साथसाथै केही अवस्थाहरूमा सौंफको सेवन सावधानीपूर्वक गर्नुपर्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह आवश्यक छ। सौफ र अजवाइन मिसाएर खाँदा पनि धेरै स्वास्थ्य लाभ हुन्छ ।


Facebook Comments