मौलिक विकास मोडल अपनाए मात्र देश समृद्ध हुन्छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda_ueiyu4ksCl.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई आत्मनिर्भर बनाउन स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको इतिहास, संस्कृति, भाषा र देश विकासप्रति गर्व गर्न सक्ने मानसिकताको विकास गर्नुपर्नेमा जोड दिए ।

’देशभित्रै धेरै सम्भावना छन्, जसलाई सदुपयोग गरेमा विदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ,’ उनले भने ।

प्रचण्डले प्राकृतिक स्रोत र मौलिक विकासको मोडल अपनाएर मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।

उनले विदेशी मोडलको नक्कल गर्नु देशका लागि दुर्भाग्य भएको पनि बताएका छन् ।


Facebook Comments