सरकारको खर्च र राजस्व दुवै बढ्यो


काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा नेपाल सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा ठूलो वृद्धि हो । गत वर्ष १४ खर्ब ८ अर्ब खर्च भएको थियो । यस वर्ष कुल बजेटको ८१.८७ प्रतिशत खर्च भएको छ ।
यस आर्थिक वर्षमा पुँजीगत खर्चमा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्षको तुलनामा यो १६.१५ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । कुल पुँजीगत बजेटको ६३.२ प्रतिशत खर्च भएको छ ।
राजस्व सङ्कलनमा पनि प्रगति भएको छ । कुल राजस्व ११ खर्ब ७८ अर्ब रुपैयाँ सङ्कलन भएको छ, जुन अघिल्लो वर्षभन्दा १४.४१ प्रतिशत बढी हो । यसमा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.०८ प्रतिशतले बढेको छ ।
यद्यपि, आयात र निर्यातमा पनि वृद्धि भएको छ । कुल आयात १८ खर्ब ४ अर्ब र निर्यात २ खर्ब ७७ अर्ब पुगेको छ, जसले व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको देखाउँछ ।
Facebook Comments