परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arju.jpeg

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताइन् । 

‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन् ।


Facebook Comments