टप एण्ड टी–२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-nadarna.jpg

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ ।

नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ । ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो ।

प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका  टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।


Facebook Comments