माधवले बोलाए सचिवालय बैठक : वामदेव र झाँक्रीबारे निर्णय हुने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Madhav-Nepal-1024x624.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद समाधान गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रवार बिहान ११ बजे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । यसअघि आन्तरिक किचलोका कारण केन्द्रीय समिति बैठक पनि २० दिन पछि सारिएको थियो ।

उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार, बैठकमा नेता वामदेव गौतमको जिम्मेवारी र नेतृ रामकुमारी झाँक्रीको आत्मालोचना मुख्य एजेन्डा हुनेछन् । गौतमले पार्टीमा प्रवेश गरेपछि संगठन विभागको प्रमुख बन्न चाहेका थिए, तर हालका प्रमुख बेदुराम भुसालले सो पद छाड्न नचाहेकाले विवाद बढेको छ ।

त्यस्तै, अध्यक्ष नेपालको नेतृत्वप्रति कटाक्ष गर्दै अभिव्यक्ति दिएकी नेतृ झाँक्रीले लिखित आत्मालोचना गरेकी छन् । उनलाई आइन्दा त्यस्तो नगर्न सचेत गराएर छुट दिने तयारी रहेको बताइएको छ । बैठकमा वामपन्थी पार्टीहरूबीच एकता र सहकार्यका विषयमा पनि छलफल हुनेछ ।


Facebook Comments