पर्यटकीय सम्भावना बोकेकाे जल्पाताल ओझेलमा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Jalpatal.jpg

काठमाडौं । बागलुङको ढोरपाटनमा अवस्थित जल्पाताल पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । 

समुद्री सतहबाट ४,४०० मिटरको उचाइमा रहेको यो तालको मनमोहक दृश्यले जोकोहीलाई आकर्षित गर्छ । 

यद्यपि, यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्याप्त प्रचारप्रसारको अभावका कारण फाट्टफुट्ट भेडी गोठाला र केही साहसिक पर्यटक मात्र पुग्ने गरेका छन् ।

ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार, राज्यले नै यो तालको प्रचारप्रसारमा जोड दिनुपर्छ । 

विगतमा बुकीपाटनको प्रवद्र्धन भएपछि त्यहाँ पर्यटकको संख्या बढेको उदाहरण दिँदै उनले जल्पातालका लागि पनि सोहीअनुसारको पहल जरुरी भएको बताए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले तालसम्म पुग्ने बाटोमा सूचना बोर्ड राख्ने र पदमार्ग निर्माण गर्ने योजना रहेको बताए । 

उनले यो क्षेत्रको विकासका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

जल्पाताललाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकास र प्रवद्र्धनसँगै संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


Facebook Comments