बागमती प्रदेशमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त गरिँदै


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रालय बाँडफाँडमा कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि बाँकी पाँच मन्त्री नियुक्तिको तयारी भएको हो ।
मुख्यमन्त्री बानियाँले साउन २० गते शपथ लिएसँगै एमालेका ६ र कांग्रेसका २ जना मन्त्री नियुक्त गरेका थिए । १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त रहेका पाँच मन्त्रालय अब कांग्रेसको भागमा परेका छन् ।
कांग्रेसले पाउने मन्त्रालयहरूमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन् ।
यी मन्त्रालयमा नयाँ मन्त्रीहरू नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।
Facebook Comments