सुकुम्वासी बस्ती हटाउने क्रममा मनोहरामा झडप, नगर प्रहरी घाइते

_0gdXE2hVfh.jpg)
काठमाडौं । काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव उत्पन्न भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् ।
बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको भए पनि अटेर गरेपछि बल प्रयोग गरिएको जनाइएको छ । महानगरले अहिलेसम्म २५ देखि ३० वटा घर र टहरा भत्काइसकेको छ ।
अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Facebook Comments