बनेपामा १ सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा १२३ वर्षदेखि चलिआएको कन्या–पूजाको परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीको दुई दिनअघि र जन्माष्टमीको दिन गरी दुईपटक गरिने यो पूजामा दश वर्षमुनिका कुमारी कन्याहरूको पूजा गर्ने गरिन्छ ।
यो वर्षको कृष्ण जन्माष्टमीका दिन शनिबार हुने पूजाका लागि करिब आठ हजार कन्या सहभागी हुने अपेक्षा गरिएको छ ।
सनातन कन्या–पूजा प्रबन्ध समितिका अनुसार, यस वर्ष करिब आठ हजार कन्यालाई पूजा गर्न ३२ हजार स्वारीसहितका सामग्री तयार पारिएको छ ।
यो पूजामा सहभागी हुने कन्यालाई देवीसरह मानेर रातो टीका लगाइदिने र पूजा गर्ने प्रचलन छ । यसबाट कन्यालाई पुज्ने व्यक्ति निरोगी भई मनले चिताएको पुग्ने जनविश्वास छ ।
यो परम्परा हेर्न र पूजा गर्न काभ्रेपलाञ्चोकसहित काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ भक्तजन बनेपा आउने गर्छन् ।
गत वर्ष करिब आठ हजार कन्याको पूजाका लागि तीन करोडभन्दा बढी खर्च भएको समितिले जनाएको छ ।
Facebook Comments