राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस


काठमाडौं । राष्ट्रियसभा बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
त्यसैगरी, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ’सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचन मण्डलसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ टेबल गरेका छन् ।
उक्त बैठकले राष्ट्रियसभालाई कानुन निर्माणका साथै प्रदेश र स्थानीय तहको आवाजलाई सङ्घीय सरकारसम्म पुर्याउने माध्यमका रूपमा हेरेको बताइएको छ ।
यो समन्वय बैठकले सङ्घीयताको कार्यान्वयन र सबलीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको र यसले भविष्यमा कानुन निर्माणमा पनि सहजता ल्याउने सचिव अर्यालले जानकारी दिए ।
Facebook Comments