देशलाई आत्मनिर्भर बनाउन स्थानीय तहले सिक्नुपर्छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RameshGiri_BKT_RSS_30_IMG_3035(3).jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन स्थानीय तहले आफ्नो माटो सुहाउँदो कृषि प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चाँगुनारायणमा सञ्चालित एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने बताए । 

‘देशमा प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन र ऊर्जाजस्ता क्षेत्रमा अथाह सम्भावना छन्,’ उनले भने, ‘यदि सबैजना मिलेर सकारात्मक सोचका साथ रचनात्मक काममा जुटे देश आत्मनिर्भर हुन समय लाग्दैन।’

उनले नेपालको संस्कृति, भाषा र इतिहासप्रति गर्व गर्ने मानसिकताको विकास हुन नसक्नु आजको मुख्य चुनौती रहेको पनि बताए ।


Facebook Comments