नेपालगञ्जमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली


काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शंकास्पद व्यक्तिहरूको खानतलासी गर्दा उनीहरूले प्रहरीमाथि इँटा प्रहार गरेका थिए । त्यसपछि जवाफमा प्रहरीले गोली चलाएको हो ।
इँटा प्रहारबाट एक जना प्रहरी घाइते भएका छन् भने प्रहरीको गोली लागेर २० वर्षीय भारतीय नागरिक कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ र उपचारका लागि अस्पताल लगिएको छ ।
पक्राउ पर्ने अन्य तीन जनामा नेपालगञ्ज–५ का अमन साह र भाइजन अन्सारी, तथा भारतकै अजयकुमार छन् । प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
Facebook Comments