गुन्डा नाइके चक्रे मिलन धरौटीमा रिहा


काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ) जिल्ला अदालत भक्तपुरको आदेशपछि धरौटीमा रिहा भएका छन् ।
जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई ज्यान मार्ने उद्योगको कसुरमा १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
गत वर्ष भदौ १० गते सानोठिमीस्थित एक रेस्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरी घाइते बनाइएको घटनामा चक्रे मिलनविरुद्ध जाहेरी परेको थियो । यसै मुद्दामा आज उनलाई धरौटीमा रिहा गरिएको हो ।
यसअघि, चक्रे मिलन गत बुधबार मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट अभद्र व्यवहारको कसुरमा ३० हजार धरौटीमा छुटेका थिए ।
जन्मदिनको पार्टीमा होहल्ला गरेको आरोपमा उनीसहित ४७ जनालाई साउन १५ गते पक्राउ गरिएको थियो ।
Facebook Comments