हतारमा काम गर्दा हामी सबै सांसद बेवकुफ भयौँ : चन्दा कार्की


काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले हतारमा कुनै पनि विधेयक अघि नबढाउन आग्रह गरेकी छन् ।
उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले राजीनामा दिनुपरेको घटनाको स्मरण गराउँदै भनिन्, ‘त्यत्रो सदनमा हामी सबै सांसद बेवकुफ नै भयौँ नि त, सबैले ताली बजाएर पास गर्यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’
सांसद कार्कीले विधेयकहरू राम्रोसँग बुझेर र पर्याप्त छलफल गरेर मात्रै अघि बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले हतारमा निर्णय गर्दा पछि पछुताउनुपर्ने अवस्था आउने भन्दै सदन र समितिमा गहन छलफल गर्न सुझाव दिएकी छन् ।
Facebook Comments