बागमती प्रदेशमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/5 mantri.jpg

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (शुक्रबार) पाँच नयाँ मन्त्री नियुक्त गर्दै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । दोस्रो चरणमा नियुक्त भएका यी सबै मन्त्रीहरू नेपाली कांग्रेसका हुन् ।

नयाँ नियुक्त हुने मन्त्रीहरूमा कञ्चनचन्द्र बादे (सामाजिक विकास), प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), उर्मिला केसी नेपाल (युवा तथा खेलकुद), सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन), र बिनु रायमाझी पौडेल (सहकारी तथा गरिबी निवारण) छन् । यसअघि बिनाविभागीय मन्त्री रहेका शिवराज अधिकारीले भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री बानियाँले साउन २० मा शपथ लिएपछि कांग्रेसबाट कृष्ण तामाङ र शिवराज अधिकारीसहित नेकपा एमालेका ६ जना मन्त्रीहरू नियुक्त गरेका थिए । यससँगै कांग्रेस र एमालेको संयुक्त सरकारमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।


Facebook Comments