नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न कृषिमन्त्रीको निर्देशन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/krishimantri-ramnath-adhikari.jpg

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य समयमै पूरा गर्न मातहतका निकायहरूलाई आपसी समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले भने, ’मन्त्रालयले लिएको लक्ष्य निर्धारित समयभित्रै सम्पन्न गर्न के कस्ता समस्या छन्, त्यसलाई समाधान गर्न सामूहिक प्रयास जरुरी छ।’

उनले कतिपय विषयमा अन्य मन्त्रालयसँग पनि सहकार्य गर्नुपर्ने भन्दै यसलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिए । 

अधिकारीले प्रदेश र स्थानीय तहसँग समन्वय गरी कृषि र मलसम्बन्धी समस्या समाधान गर्न विषयगत समितिको बैठक छिट्टै बोलाइने पनि बताए ।

मन्त्री अधिकारीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


Facebook Comments