टप इन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार


काठमाडौं । टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३१ रनको हार बेहोरेको हो।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्रै बनानायाे।
मेलबर्नले ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सको अर्धशतकसँगै १७५ रन बनाएको थियो। मेलबर्नका म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए।
यता नेपालका आशिफले सर्वाधिक ५३ रन बनाए। ४९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए।
कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे। मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए।
१३.१ ओभरमा सन्दीप लामिछानेको बलमा भीम सार्कीले म्याकडोनाल्डलाई क्याच गर्दै आउट गरेर यो साझेदारी तोडे।
यसअघि नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।
Facebook Comments