घोराही उपमहानगरपालिका ८ का वडाध्यक्षको राजीनामा २ वर्षपछि स्वीकृत

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहको राजीनामा दुई वर्षपछि स्वीकृत भएको छ । शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएको राजीनामा सोमवार कार्यपालिका बैठकबाट अनुमोदन भएको हो ।
एमालेबाट निर्वाचित शाहले एमालेकै मेयर चौधरीले बजेट नपारेको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
पार्टीको नीति विपरीत कार्य गरेको भन्दै शाहलाई एमालेले २०८१ माघमा कार्बाही समेत गरेको थियो । शाहको राजीनामा स्वीकृत भएसँगै ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।
Facebook Comments