शिक्षा मन्त्रीको प्रस्ताव–निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा राखौं

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raghuji-panta-minister.jpg

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा राख्ने प्रस्ताव गरेका छन् । 

सोमवारको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा समावेश गरेर जाने सहमति गरेर जान प्रस्ताव गरेका हुन् । 

उनले कसैलाई पनि घाँटी अठ्याउनेगरी कानुन अघि बढाउन नहुने सुझाव समेत बैठकमा पेश गरे । ‘मेरो आग्रह कानुनमा राख्नु भन्दा नियमावलीमा राख्दा हुन्छ । नियमावलीमा व्यवस्थित गर्नेगरी छोडिदिम कानुनमा नराखौं । मन्त्रालयलाई विश्वास गर्नुस्,’ मन्त्री पन्तले भने, ‘नियमन गर्ने कुरामा कडाइका साथ नियमन गर्नुपर्छ ।  घाँटी अठ्याउने गरि अगाडि बढाउनु हुँदैन ।’ 

यस विषयमा आइतवार छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति हुन सकेको थिएन ।निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेका छन् । समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने बताइरहेका छन् ।


Facebook Comments