गौर ह*त्याकाण्डबारे छलफल गर्न मोर्चाले बाेलायाे आकस्मिक बैठक

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Sanghiya-Loktantrik-Morcha.png

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश जारी गरेपछि संघीय लोकतान्त्रिक मोर्चाले आकस्मिक बैठक बोलाएको छ ।

यो बैठक आज (बुधबार) साँझ ५ बजे थापागाउँस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्नेछ ।

मोर्चाका नेता केशव झाका अनुसार, बैठकमा मुख्य रूपमा गौर हत्याकाण्डको विषय, रुपन्देही ३ को उपनिर्वाचनको तयारी, र उपसभामुख हटाउने तयारीबारे छलफल हुनेछ ।

गौर हत्याकाण्डको छानबिन सुरु गर्न अदालतले दिएको आदेशपछि मधेस केन्द्रित दलहरूमा हलचल मच्चिएको छ, किनकि मोर्चाका एक प्रमुख नेता उपेन्द्र यादवलाई यस घटनाको मुख्य योजनाकार मानिएको छ ।

यसका साथै, रुपन्देही उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई समर्थन गर्ने मोर्चाको पूर्व निर्णयबारे पनि छलफल हुनेछ । 

नाउपाले आन्तरिक विवादका कारण चुनावमा भाग लिन नसक्ने भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउने विषयमा पनि बैठकमा विचारविमर्श हुनेछ ।

यसका अतिरिक्त, प्रतिनिधि सभामा उपसभामुख हटाउनका लागि कांग्रेस र एमालेले गरिरहेको तयारीका विषयमा पनि छलफल हुनेछ ।

उपसभामुख हटाउनका लागि आवश्यक दुई तिहाइ बहुमत पु¥याउन मोर्चामा आबद्ध दलहरू नै निर्णायक मानिन्छन् ।


Facebook Comments