उपसभामुखलाई हटाउने तयारीप्रति महामन्त्री शर्माको विमति

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishwo-prakash-sharma.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने सत्तारुढ दलहरूको तयारीप्रति असहमति जनाएका छन् । 

उपसभामुखलाई हटाउन सांसदहरूको हस्ताक्षर सङ्कलन भइरहेकै बेला महामन्त्री शर्माले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

रुपन्देही–३ को उपनिर्वाचनको तयारीका क्रममा भैरहवामा रहेका शर्माले उपसभामुखले अमेरिकी दूतावासलाई पत्र लेखेर गम्भीर गल्ती गरे पनि उनलाई पदमुक्त गर्नु ‘अनुपयुक्त’ भएको बताए ।

उनले ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेको’ भन्दै उपसभामुख विदेशमा रहेकै बेला हस्ताक्षर अभियान चलाउनु ‘सुसंस्कृत कुरा नभएको’ टिप्पणी गरे ।


Facebook Comments