बजेट अभावमा इलामको माइभगवती रङ्गशाला अलपत्र


फिक्कल । इलाम नगरपालिका–१० गोदकस्थित निर्माणाधीन ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ ।
सात वर्षअघि निर्माण सुरु भएको यो अन्तर्राष्ट्रियस्तरको रङ्गशालाले पछिल्लो तीन आर्थिक वर्षदेखि बजेट नपाउँदा काम रोकिएको हो ।
हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको सहयोगमा करिब ४ करोड ८ लाख रुपैयाँ खर्च भइसकेको छ, तर यो कुल अनुमानित लागतको १० प्रतिशत मात्र हो ।
रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनअनुसार, यसलाई पूर्णता दिन करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नगरप्रमुख केदार थापाका अनुसार, पटक–पटक कोशी प्रदेश सरकारसँग बजेट माग गर्दा पनि सुनुवाइ नभएकाले काम अगाडि बढ्न सकेको छैन ।
Facebook Comments