‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्वारा शिक्षक र विद्यार्थी सम्मानित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Puraskar & Samman {Khotang}.JPG

खोटाङ । खोटाङमा शुभशेर राई स्मृति प्रतिष्ठानले शैक्षिक क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै, एक जना मेधावी विद्यार्थीलाई पुरस्कार र अन्य छ जनालाई सम्मान गरेको छ ।

शिक्षक शुभशेर राईको सम्मानमा चार वर्षअघि परिवारका सदस्यहरूले स्थापना गरेको ११ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषबाट बिहीबार उनीहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको हो ।

पञ्चकन्या माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालयका शिक्षक पदमप्रसाद आचार्यलाई ‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’ बाट जनही २७ हजार ७७७ रुपैयाँ प्रदान गरिएको छ ।

यसैगरी, विभिन्न विधामा बिन्दा थापा, कृष्णबहादुर गुरुङ, अम्बरबहादुर बस्नेत, टीकाराम राई, र मेघराज फुयाललाई सम्मान गरिएको छ । चम्पावती माध्यमिक विद्यालयकी छात्रा दिया राईलाई ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८२’ प्रदान गरिएको छ ।


Facebook Comments