Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

देशमा नकारात्मक भाष्य हाबी भयो : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | २०८२ भदौ ४ गते १०:२९
Image of https://mayorsap.com/storage/photos/10/kp-sharma-oli-karnali-program-1755790327.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक भाष्य हावी भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सिस्नुपानी नेपालको ’जुरुक्क कर्णाली’ कार्यक्रममा बोल्दै उनले भएका राम्रा कामहरूको चर्चा नहुने र सधैँ नकारात्मकतालाई मात्र बढावा दिने प्रवृत्ति बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफूमाथि गरिएका व्यङ्ग्यहरू ‘केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको’ जस्तो लागेको टिप्पणी गरे । 

उनले कर्णालीको विकासका लागि आफूले धेरै काम गरेको दाबी गर्दै यसमा अन्य मानिससँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

ग्याँस र अन्य पूर्वाधार निर्माणको काममा पनि पहिले उडाउने र अहिले विरोध गर्ने गरेको भन्दै उनले गुनासो गरे ।

उनले भने, ‘ग्याँस पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो, चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने।’

प्रधानमन्त्री ओलीले कर्णालीको विकासका लागि कमजोरीहरू सुधारेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


Facebook Comments