सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?


काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ ।
बिहीबारको तुलनामा सुन प्रति तोला ४०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो । बिहीबार सुन १ लाख ९४ हजार ८०० र चाँदी २ हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर २ हजार ३३० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments