चीन–भारत सम्बन्धले कसैलाई हानि पुर्याउँदैन : वाङ यी


एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन् ।
पाकिस्तान भ्रमणमा रहेका उनले इस्लामावादमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै दुई देशको सम्बन्धले अन्य कुनै पनि मुलुकलाई असर नगर्ने बताए ।
वाङ यीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको भन्सार शुल्कको प्रभाव समयक्रममा देखिने भए पनि त्यसले भारत र रुसबीचको मित्रतालाई थप बलियो बनाएको र चीनसँगको तनाव पनि कम भएको बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नयाँ दिल्ली पुगेका वाङ यी अफगानिस्तान हुँदै पाकिस्तान पुगेका हुन् ।
Facebook Comments