ह*त्यापछि सुटकेश भित्र कोचेर फालेको अवस्थामा महिलाको श*व फेला

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/crime.jpg

रौतहट । रौतहटमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा बेवारिसे अवस्थामा रहेको सुटकेश भित्र महिलाको शव फेला परेको हो । 

 शनिवार राति करिब ८ बजेतिर शव फेला परेको हो । डोरीले बेरिएको सुटकेश बेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा महिलाको शव भेटिएको हो । महिलाको पहिचान खुलेको छैन ।

गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर ३०/३५ वर्षको रहेको अनुमान गरिएको छ। सुटकेश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 


Facebook Comments