जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1756036012287.jpg

महेन्द्रनगर । मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ । 

मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आज यहाँ बसेको परामर्श बैठकले आगामी असोज २ र ३ गते जनकपुरमा हुने सम्मेलन उपलब्धिमूलक बनाउन सहयोगका लागि सबैलाई आग्रह गरेको हो । 

सम्मेलन उपलब्धिमूलक बनाउन सहकार्यका सम्भावित क्षेत्रहरु पहिचान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । 

बैठकमा सहभागी नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कँुवरले प्रदेशमा पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा  सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनको सफलताका लागि खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको बताए ।

बैठकमा युनिसेफ, प्लान इन्टरनेसनल, पिपुल इन निडलगायत संस्थाहरुको उपस्थिति रहेको मन्त्रालयका सचिव विमल बरालले जानकारी दिए ।


Facebook Comments