देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक, सभापतिमा सहमति खोजिँदै

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad58b85f845.jpg

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ ।

बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे छलफल भइरहेको छ । हिजो पनि यस विषयमा बैठक बसेको भए पनि सहमति जुट्न सकेको थिएन ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन् ।

राज्य व्यवस्था समितिको सभापतिका लागि दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईँ र अम्बिका बस्नेतको नाम चर्चामा छ । समितिको सभापति निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


Facebook Comments