महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : माधव नेपाल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad516a4a0a7.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्यायको अन्त्य गर्नुपर्ने बताएका छन् ।

हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तीज मनाउने सम्पूर्ण नेपाली नारीप्रति शुभकामना व्यक्त गर्दै उनले असमानताको अन्त्य गरी समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुनुपर्ने बताए । 

विभिन्न मौलिक पर्वहरूले विविधतामा एकता, धार्मिक, सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।


Facebook Comments